नबिल बैंकलाई नेपालको एक मात्र क्रेडिट रेटिङ्ग एजेन्सि इक्रा नेपाल लिमिटेडबाट डबल ए माइनस रेटिङ्ग प्राप्त भएको छ । इक्रा नेपालका अनुसार उक्त रेटिङ्ग उच्च क्रेडिट गुणस्तर अर्थात न्यून शाखा जोखिम रहेको मानिन्छ । बैंकको ब्यवस्थापन, बजारको हिस्सा, स्वस्थ मुनाफा अवस्था, असल ब्राण्ड मुल्याङ्कन, प्रयाप्त पूंजी, सक्षमता, कर्जा तथा निक्षेपको असल समिश्रण, शाख, समग्र आकार तथा गुणस्तर राम्रो रहेकोले उक्त रेटिङ्ग प्राप्त भएको इक्रा नेपाल लिमिटेडले जनाएको छ ।
बैंकको पूंजी, बासल – ३ अनुसार समेत प्रयाप्त रहेको तथा नयां पूंजी योजना अनुसार समेत बैंकको आफ्नै आम्दानीबाट थप मजबुद हुने अवस्था रहेको समेत इक्रा नेपालले जनाएको छ । हामीलाई जानकारी भए अनुसार यो AA- को रेटिङ्ग अहिलेसम्म नेपालमा कुनै पनि कम्पनीलाई प्रदान गरिएको उच्च रेटिङ्ग मध्येमा पर्दछ ।