२०७४ मंसिर २२ गते

प्रदेश नम्बर १ : बैंकबाट बञ्चित ६८ स्थानीय तह, कुन जिल्लामा कति बैंक ? (सूचिसहित)

रुपा कोइराला / रोयल आचार्य, बैंकिङ खबर
संघीय संरचनामा निर्माण गरिएका ७ प्रदेशका ७ सय ५३ स्थानीय तह मध्ये ५० प्रतिशत भन्दा बढी स्थानीय तहमा बैंकिङ पहुँच पुग्न सकेको छैन । बैंक शाखा नपुगेका ४ सय ११ स्थानीय तहमध्ये २ सय ५० स्थानीय तहहरुमा वाणिज्य बैंकहरुले शाखा खोल्ने सहमति गरिसकेका छन् । ककतिपय स्थानीय तहहरुमा भने बैंकले अहिले धमाधम शाखा खोलिरहेका छन् । कतिपय स्थानीय तहमा बैंकिङ सेवा पुर्याउन समस्या देखिएको छ । सरकारले नयाँ संरचना अनुसार घोषणा गरेको ७ सय ४४ स्थानीय तहमध्ये कतिपय स्थानीय तहहरुमा सामान्य भौतिक पूर्वाधारहरु समेत नभएका कारण बैंकिङ सेवा पुर्याउन कठिन देखिएको हो । 
बाटो, वत्ति, विजुली, भवन लगायतका आधारभूत भौतिक पूर्वाधारका साथै सुरक्षा व्यवस्थाको राम्रो व्यवस्था नभएका कारण सबै स्थानीय तहमा बैंक नपुग्ने भएका हुन् । आवश्यक भौतिक पूर्वाधार तथा सुरक्षा प्रवन्ध मिलाएको अवस्थामा भने सबै स्थानीय तहमा शाखा सञ्जाल विस्तार गर्न वाणिज्य बैंकहरु तयार रहेको नेपाल बैकर्स संघका कार्यकारी अधिकृत अनिल शर्माले बताउछन् । 

प्रदेश नम्बर एकका कुन–कुन स्थानीय तह बैंक विहिन ?
संघीय संरचना अनुसार प्रदेश नम्बर एकमा ३ जिल्लाका १४ वटा जिल्लाहरु छन् । १४ जिल्लामा १ सय ३७ स्थानीय तहहरु छन् । १ नम्बर प्रदेशका १४ जिल्ला मध्ये १२ जिल्लाका कुन–कुन स्थानीय तहमा हाल सम्म बैंक शाखा छैनन्, यसबारे तयारी पारिएको रिपोर्ट :

झापामा बैंकको उपस्थिती राम्रो
नेपालको सुदुर पूर्वमा पर्ने झापा जिल्ला अन्य जिल्लाको तुलनामा बैंकिङ पहुँच राम्रो भएको जिल्ला हो । झपाको कचनकवल गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । तर स्थानीय तहको केन्द्रमा मात्रै बैंक शाखा पुगेका कारण ग्रामिण भेगका जनताले बैंकिङ कारोबार गर्न स्थानीय तहको केन्द्र नै पुग्नु पर्ने बाध्यता छ । 

बैंक शाखा नभएको झापाको स्थानीय तह
कचनकवल गाउँपालिका

बैंक शाखा भएका झापाका स्थानीय तह
गौरीगञ्ज गाउँपालिका 
बाह्रदशी गाउँपालिका 
हल्दीबारी गाउँपालिका 
कमल नगरपालिका 
बुद्धशान्ति नगरपालिका 
झापा नगरपालिका 
मेचीनगर नगरपालिका 
दमक नगरपालिका 
कन्काई नगरपालिका 
भद्रपुर नगरपालिका 
अर्जुनधारा नगरपालिका 
शिवसताक्षी नगरपालिका 
गौरादह नगरपालिका 
बिर्तामोड नगरपालिका

इलामका ७ स्थानीय तह बैंक विहिन
पूर्वको सुन्दर जिल्ला भनेर चिनिने इलाममा १ नगरपालिका सहित ७ स्थानीय तहमा बैंक शाखा छैनन् । अब हेरौं इलामका कुन–कुन स्थानीय तहमा बैंक शाखा छैनन्ः 
बैंक विहिन इलामका स्थानीय तह
फाकफोकथुम गाउँपालिका 
चुलाचुली गाउँपालिका 
माईजोगमाई गाउँपालिका 
माङसेबुङ गाउँपालिका 
रोङ गाउँपालिका 
सन्दकपुर गाउँपालिका
माई नगरपालिका 

बैंक शाखा भएका इलामका स्थानीय तह
इलाम नगरपालिका 
देउमाई नगरपालिका 
सूर्योदय नगरपालिका 

पाँचथरका ६ स्थानीय तह बैंकि बिहिन
पाँचथर जिल्लामा एक नगरपालिका सहित ८ वटा स्थानीय तह छन् । यस जिल्लाका ३ वटा स्थानी तहमा बैंक शाखा छैनन् । 

पाँचथर बैंक शाखा नभएका तह 
फालेलुङ गाउँपालिका 
हिलिहाङ गाउँपालिका 
कुम्मायक गाउँपालिका 
तुम्बेवा गाउँपालिका 
याङवरक गाउँपालिका

बैंक शाखा भएका पाँचरथरका स्थानीय तह
फिदिम नगरपालिका
फाल्गुनन्द गाउँपालिका 
मिक्लाजुङ गाउँपालिका 

मोरङको अवस्था पनि उस्तै
पूर्वको राजधानी भनेर चिनिने कोशी अञ्चलको मोरङ जिल्ला पनि बैंकिङ पहुँचमा कमजोर छ । मोरङमा एक महानगर सहित १७ स्थानीय तह छन् । मोरङका १७ स्थानीय तह मध्ये एक नगरपालिका सहित ६ स्थानीय तहमा बैंक शाखा पुग्न सकेका छैनन् । 

बैंक शाखा नभएका मोरङका स्थानीय तह
मोधा बुढीगंगा गाउँपालिका 
धनपालथान गाउँपालिका 
ग्रामथान गाउँपालिका 
जहदा गाउँपालिका 
मिक्लाजुङ गाउँपालिका
सुनवर्षि नगरपालिका 


बैंक शाखा पुगेका मोरङका स्थानीय तह
कानेपोखरी गाउँपालिका 
कटहरी गाउँपालिका 
केराबारी गाउँपालिका 
बिराटनगर महानगरपालिका 
बेलवारी नगरपालिका 
लेटाङ नगरपालिका 
पथरी शनिश्चरे नगरपालिका 
रंगेली नगरपालिका 
रतुवामाई नगरपालिका
उर्लावारी नगरपालिका
सुन्दरहरैंचा नगरपालिका


सुनसरीका ५ स्थानीय तह बैंक विहिन
सुनसरी जिल्लाका ५ गाउँपालिकामा बैंक शाखा छैनन् । बैंक शाखा नभएका सुनसरीका स्थानीय तह यि हुन्ः
देवानगञ्ज गाउँपालिक 
कोशी गाउँपालिका 
गढी गाउँपालिका 
बर्जु गाउँपालिका 
भोक्राहा गाउँपालिका 


बैंक पुगेका सुनसरीका स्थानीय तह
इटहरी उपमहानगरपालिका 
धरान उपमहानगरपालिका 
इनरूवा नगरपालिका 
दुहबी नगरपालिका 
रामधुनी नगरपालिका 
बराह नगरपालिका    
हरिनगरा गाउँपालिका

धनकुटाका २ तह बैंक विहिन 
धनकुटा जिल्लामा ७ वटा स्थानीय तहहरु छन् । जसमध्ये ५ वटा स्थानीय तह बैंक शाखा पुगिसकेको छ भने २ तहमा अहिले सम्म बैंक शाखा पुग्न सकेको छैन् । यि नै हुन् बैंक पुग्न नसकेका धनकुटाका स्थानीय तहः
साँगुरीगढी गाउँपालिका 
खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका 

बैंक पुगेका धनकुटाका स्थानीय तह
छथर जोरपाटी गाउँपालिका 
चौबिसे गाउँपालिका    
पाख्रीबास नगरपालिका 
धनकुटा नगरपालिका 
महालक्ष्मी नगरपालिका

तेह्रथुमका ५० प्रतिशत तहमा बैंक छैनन्
तेह्रथुम जिल्लाका ६ स्थानीय तह मध्ये ३ तहमा बैंक शाखा पुग्न सकेका छैनन् । बैंक पुग्न नसकेका जिल्लाका तिन स्थानीय तह यि हुन्ः
छथर गाउँपालिका 
फेदाप गाउँपालिका 
मेन्छयायेम गाउँपालिका    

बैंक पुगेका तेह्रथुमका स्थानीय तह
म्याङ्लुङ नगरपालिका 
लालीगुराँस नगरपालिका
आठराई गाउँपालिका 

बैंकिङ पहुँचमा कमजोर भोजपुर
बैंकिङ पहुँचमा भोजपुर जिल्ला कमजोर देखिन्छ । यस जिल्लामा रहेका ९ स्थानीय तह मध्ये ६ वटा स्थानीय तहमा हाल सम्म बैंक पुगेका छैनन् । अब हेर्रौ कुन–कुन स्थानीय तहमा बैंक पुगेनन्ः 
अरुण गाउँपालिका 
पौवादुङमा गाउँपालिका 
रामप्रसादराई गाउँपालिका 
साल्पासिलिछो गाउँपालिका 
आमचोक गाउँपालिका 
हतुवागढी गाउँपालिका
    
कुन–कुनमा बैंक पुगे त ? 

भोजपुर नगरपालिका 
षडानन्द नगरपालिका
ट्याम्केमैयुम गाउँपालिका 

बैंकिङ पहुँच विस्तार अघि बढ्दै उदयपुर
उदयपुरका ८ स्थानीय तह मध्ये एक नगरपालिका सहित ५ तहमा बैंक शाखा छैनन् । तर यस जिल्लाका २ तहमा बैंक शाखा खोल्ने तयारी भइरहेको छ । हाल बैंक शाखा नपुगेको उदयपुर जिल्लाको वेलका नगरपालिकामा कुमारी बैंकले शाखा खोल्ने अन्तिम तयारी गरेको छ । बैंकले जनाए अनुसार अको केहि साताभित्रै वेलका नगरपालिकामा बैंक शाखा पुग्नेछ । यस बाहेक उदयपुरगढी गाउँपालिका,
ताप्ली गाउँपालिका, रौतामाई गाउँपालिका र सुनकोशी गाउँपालिका समेत बैंक शाखा छैनन् । 

कुन–कुन स्थानीय तहमा बैंक छन् त ? 
उदयपुरका ३ तहमा भने बैंक शाखा धेरै पहिले पुगिसकेका छन् । जिल्लाको कटारी नगरपालिका, चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिकामा बैंकले सेवा दिइरहेका छन् 


ओखलढुंगाका ५ तह बैंक विहिन
ओखलढुंगाका ८ स्थानीय तह मध्ये ५ स्थानीय तहमा बैंक शाखा छैनन् । जिल्लाका एक नगरपालिका र २ गाउँपालिकामा बैंक शाखा छन् बाँकी सबै स्थानीय तह बैंक शाखा विहिन छन् । अब हेरौं कुन–कुन तहमा बैंक छैनन त ?
खिजिदेम्बा गाउँपालिका 
चम्पादेवी गाउँपालिका 
चिशंखुगढी गाउँपालिका 
लिखु गाउँपालिका 
सुनकोशी गाउँपालिका

३ तहमा भने बैंकका शाखा
जिल्लाका ३ स्थानीय तहमा भने बैंकले शाखा खोलिसकेका छन् । जिल्लाको सदरमुकाम क्षेत्रमा पर्ने सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ गाउँपालिका र
मोलुङ गाउँपालिकामा केहि बर्ष पहिलेदेखि नै बैंकले सेवा दिइरहेका छन् । 

खोटाङमा बैंकिङ पहुँच दयनिय
खेटाङका १० स्थानीय तह मध्ये २ वटा तहमा मात्रै बैंक शाखा पुगेका छन् । बैंक शाखा पुगेका स्थानीय तहहरुमा जिल्ला सदरमुकाम क्षेत्रमा पर्ने रूपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिका हो भने अब कुन कुन तहमा बैंक शाखा छैनन् त ? 
ऐसेलुखर्क गाउँपालिका 
लामीडाँडा गाउँपालिका 
जन्तेढुंगा गाउँपालिका 
खोटेहाङ गाउँपालिका 
केपिलासगढी गाउँपालिका 
दिप्रुङ गाउँपालिका
साकेला गाउँपालिका 
बराहपोखरी गाउँपालिका

संखुवासभाका ७ तहमा बैंक छैनन्
संखुवासभाका १० स्थानीय तह मध्ये २ वटामा मात्रै हाल सम्म बैंक पुगेका छन् । जिल्लाको चैनपुर नगरपालिका र खाँदवारी नगरपालिकामा पहिले नै बैंक शाखा पुगिसेको भए पनि बाँ ८ स्थानी तहमा बैंक शाखा पुग्न सकेका छैनन् । 

यि स्थानीय तहमा बैंक छैनन्
भोटखोला गाउँपालिका 
चिचिला गाउँपालिका 
मकालु गाउँपालिका 
सभापोखरी गाउँपालिका 
सिलीचोङ गाउँपालिका

धर्मदेवी नगरपालिका 
मादी नगरपालिका 
पाँचखपन नगरपालिका

बैंक पुगेका स्थानीय तह
चैनपुर नगरपालिका
खाँदवारी नगरपालिका

सोलुखुम्बुका ६ तह बैंकिङ पहुँच बाहिर 
पूर्वी हिमाली जिल्ला सोलुखुम्बुका ६ स्थानीय तहमा हाल सम्म बैंकले शाखा खोलेका छैनन् । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका     र सदरमुका स्थित सोलुदुधकुण्ड नगरपालिकामा मात्रै हाल सम्म बैंक शाखा पुगेका छन् । 

यि हुन बैंक नपुगेका स्थानीय तह
दुधकोशी गाउँपालिका 
दुधकौशिका गाउँपालिका 
नेचासल्यान गाउँपालिका 
माहाकुलुङ गाउँपालिका 
लिखु पिके गाउँपालिका 
सोताङ गाउँपालिका

बैंक पुगेका सोलुका स्थानीय तह
सोलुदुधकुण्ड नगरपालिका
खुम्बु पासाङल्हामु गाउँपालिका


ताप्लेजुङका सबै गाउँपालिका बैंक बिहिन 
पूर्वी पहाडी जिल्ला ताप्लेजुङ बैंकिङ पहुँचमा एकदमै कमजोर देखिएको छ । जिल्लाका ९ स्थानीय तह मध्ये ८ स्थानीय तहमा हाल सम्म बैंक शाखा पुग्न सकेका छैनन् । जिल्ला सदरमुकाम स्थित पुलिङ्ग नगरपालिका बाहेक कुनै पनि स्थानीय तहमा बैंक पुग्न सकेका छैनन् । स्थानीय तहमा बैंक शाखा नहुँदा स्थानीयहरु समस्यामा परेका छन् । 
जिल्लाभरका सबै नागरिक बैंकिङ कारोबार गर्न जिल्ला सदरमुकाम नै जानु पर्ने बाध्यता छ । जिल्लाका ९ स्थानीय तह मध्ये सदरमुकाममा मात्रै बैंक हुँदा चाहेर पनि बैंकिङ कारोबार गर्न नपाएको स्थानीयको गुनासो छ । 

बैंक नपुगेका स्थानीय तह
आठराई त्रिवेणी गाउँपालिका 
सिदिङ्वा गाउँपालिका 
फक्ताङलुङ गाउँपालिका 
मिक्वाखोला गाउँपालिका 
मेरिङ्देन गाउँपालिका 
मैवाखोला गाउँपालिका 
याङवरक गाउँपालिका 
सिरिजङ्घा गाउँपालिका

बैंक पुगेको स्थानीय तह
जिल्लाको एउटा स्थानीय तहमा मात्रै बैंक शाखा पुगेको छ । ताप्लेजुङ जिल्ला सदरमुकाम क्षेत्रमा रहेको पुलिङ्ग नगरपालिकामा मात्रै बैंक छ । हाल सम्म अन्य स्थानीय तहमा बैंक शाखा पुगेको छैन् । बैंकहरुले जिल्लाका केहि स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने भने पनि हाल सम्म शाखा खोल्न कुनै प्रक्रिया नथाल्दा यहाँका करिब ९० प्रतिशत जनता बैंकिङ पहुँच बाहिर रहेका छन् । 


(सम्बन्धीत जिल्ला समन्य समितिका सूचना अधिकारीको सहयोगमा)