Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अब साउदी अरबबाट ग्लोबल आईएमई बैँकमा रेमिट्यान्स पठाउन सकिने 

२०७३ बैशाख २२ गते

global ime bankरेमिट्यान्स कारोबारलाई सहज बनाउन ग्लोबल आइएमई बैंकले साउदी अरेवियाको नेशनल कर्मसियल बैंकको क्विक पेय सेवासंग मिलेर नेपालमा रेमिट्यान्य पठाउन सुरु गरेको छ । यो सेवा सुरु भएसंगै अब साउदी अरेवियामा रहेका नेपालीहरुले नेशनल कर्मसियल बैंकको क्विकपेय सेवाका १५० वटा एजेन्टहरु मार्फत नेपालमा आफ्ना आफन्तलाई सजिलै पैसा पठाउन सक्नेछन् । यसरी पठाएको पैसा देशभर रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरु, आइएमई रेमिट्यान्सका एजेन्टहरु र एस रेमिटका एजेन्टहरु मार्फतबाट तुरुन्त भुक्तानी गर्न सकिने बताइएको छ । 

ग्लोबल आइएमई बैंकले स्थापना काल देखि नै युएई, कतार, बहराईन, भारत, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरुसंगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।