Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

खोटाङमा सेञ्चुरी बैंकको शाखारहित सेवा

२०७३ बैशाख १९ गते

सेञ्चुरी कमर्सियल बैंकले खोटाङको बाक्सिलामा शाखारहित सेवा सुरु गरेको छ । सदरमुकाम दिक्तेलमा शाखा कार्यालय सञ्चालन गर्दै आएको बैंकले शनिबारदेखि जिल्लाको उत्तरी व्यापारिक केन्द्रको बाक्सिला बजारमा शाखारहित सेवा सुरु गरेको हो । यो खोटाङमा सेन्चुरीको तेस्रो शाखारहित सेवा हो । अब बाक्सिलाबाटै खाता खोल्न, बचत गर्न, भुक्तानी लिन र रेमिट्यान्स लगायत सेवा प्रवाह सुरु गरिए को बैंकले जनाएको छ ।

शाखारहित सेवा बैंकका शाखा प्रबन्धक प्रवेश लम्सालले उद्घाटन गरेका हुन् । बैंकको शाखारहित सेवा सञ्चालनको जिम्मा बाक्सिलास्थित दिपक ट्रे एन्ड सप्लायर्सलाई दिइएको र्बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बैंकले यसअघि नै लामीडाँडामा पहिलो र हलेसीमा दोश्रो शाखारहित सेवा सञ्चालनमा ल्याईसकेको छ ।