May 1st, 2016

खोटाङमा सेञ्चुरी बैंकको शाखारहित सेवा

सेञ्चुरी कमर्सियल बैंकले खोटाङको बाक्सिलामा शाखारहित सेवा सुरु गरेको छ । सदरमुकाम दिक्तेलमा शाखा कार्यालय सञ्चालन गर्दै आएको बैंकले शनिबारदेखि जिल्लाको उत्तरी व्यापारिक केन्द्रको बाक्सिला बजारमा शाखारहित सेवा सुरु गरेको हो । यो खोटाङमा सेन्चुरीको तेस्रो शाखारहित सेवा हो । अब बाक्सिलाबाटै खाता खोल्न, बचत गर्न, भुक्तानी लिन र रेमिट्यान्स लगायत सेवा प्रवाह सुरु गरिए को बैंकले जनाएको छ ।

शाखारहित सेवा बैंकका शाखा प्रबन्धक प्रवेश लम्सालले उद्घाटन गरेका हुन् । बैंकको शाखारहित सेवा सञ्चालनको जिम्मा बाक्सिलास्थित दिपक ट्रे एन्ड सप्लायर्सलाई दिइएको र्बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बैंकले यसअघि नै लामीडाँडामा पहिलो र हलेसीमा दोश्रो शाखारहित सेवा सञ्चालनमा ल्याईसकेको छ ।