सांग्रिला डेभलपमेन्ट बैंकले ९ लाख ६७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयर लिलाममा बेच्ने भएको छ । संस्थापक समूहले नकिनेपछि र सर्वसाधारण लगानीकर्ताले पनि ७१ हजार ७ सय ७३ कित्ता सेयरमा आवेदन नदिएपछि बैंकले लिलाममा बेच्न लागेको हो । धितोपत्र विक्री प्रबन्धक एनएमबी क्यापिलले यो सेयर लिलाम गराउने बताइएको छ ।
लिलाममा सेयर किन्न चाहने लगानीकर्ताले सस्थापक र सर्वसाधारण समूहका लागि छुट्टाछुट्टै आवेदन दिनुपर्ने छ । न्यूनतम एक सय रुपैयाँ सेयर मूल्य तोकिएको र लिलाम बढाबढमा अधिकतम मूल्य तिर्न चाहने लगानीकर्ताले सेयर पाउनेछन् । बैशाख २६ गतेभित्र आवेदन दिने लगानीकर्ताले मात्रै सेयर किन्न पाउने छन् ।
बैंकले गत फागुन ११ गते देखि चैत १२ गतेसम्म हकप्रद निष्कासन गरेको थियो ।