मन्जुश्री फाईनान्सियल ईन्ष्टिच्युशनले १७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको संचालक समिति बैठकले हाल कायम एकसय कित्ता बराबर थप १७५ प्रतिशत हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव गरेको हो ।
हाल २५ करोड चुक्ता पूँजी रहेको फाईनान्सको हकप्रद जारीपछि ६८ करोड पुग्नेछ । फाईनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ३० लाख खुद नाफा गरी प्रतिशेयर आम्दानी १७ रुपैयाँ कायम गरेको छ । निक्षेप र कर्जा परिचालन बढाउँदै लगेको फाईनान्सको जगेडा कोषमा ६ करोड रुपैयाँ रहेको छ । निस्क्रिय कर्जा अनुपात बढेर ४.२५ पुगेको फाईनान्सको मूल्य आम्दानी अनुपात १३.०४ र प्रतिशेयर नेटवर्थ १२६ रहेको छ ।