Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मन्जुश्री फाईनान्सले १७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

२०७३ बैशाख १६ गते

manjushreeमन्जुश्री फाईनान्सियल ईन्ष्टिच्युशनले १७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको संचालक समिति बैठकले हाल कायम एकसय कित्ता बराबर थप १७५ प्रतिशत हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव गरेको हो ।

हाल २५ करोड चुक्ता पूँजी रहेको फाईनान्सको हकप्रद जारीपछि ६८ करोड पुग्नेछ । फाईनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ३० लाख खुद नाफा गरी प्रतिशेयर आम्दानी १७ रुपैयाँ कायम गरेको छ । निक्षेप र कर्जा परिचालन बढाउँदै लगेको फाईनान्सको जगेडा कोषमा ६ करोड रुपैयाँ रहेको छ । निस्क्रिय कर्जा अनुपात बढेर ४.२५ पुगेको फाईनान्सको मूल्य आम्दानी अनुपात १३.०४ र प्रतिशेयर नेटवर्थ १२६ रहेको छ ।