नेपाल बंगलादेश बैंकले मोरङको कोसी हरैँचा नगरपालिका १ विराटचोक, मोरङमा ४३ औँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कोसी हरैँचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाई तथा बैंकका सञ्चालक माधवप्रसाद न्यौपाने र दीपक कार्कीले गरे । बैंकले ३४ शाखा, दुई एक्सटेन्सन काउन्टर, सात शाखारहित घरदैलो बैंकिङ सेवा तथा ३५ वटा एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ ।