April 28th, 2016

बैकिङ पत्रकारीता तालिम आज पनि

finnal traineeमिडिया ईन्टरनेसनल अनामनगर र www.bankingkhabar.com अनलाईनको सयुक्त आयोजनामा ३ दिने बैंकिङ पत्रकारीता तालिम सुरु भएको छ । 

मिडिया ईन्टरनेसनलको सभाहलमा बुधबारदेखि सुरु भएको तालिममा विभिन्न सञ्चार माध्यमबाट गरी दुई दर्जन बढि पत्रकारको सहभागिता रहेको छ । तालिमको शुभारम्भ गर्दै मिडिया ईन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले पछिल्लो समयको विश्व परिवेशमा पत्रकारीता विशिष्टीकृत हुँदै गएको र त्यसको प्रभाव नेपालमा पनि परेको बताए । बैंकिङ पत्रकारीतामा सुनिएका शब्दावली सान्दर्भिक लागेतापनि पत्रकार स्वयम्ले यस्ता शब्दावली बुझेपछि मात्र उत्कृष्ट रिपोर्टिङ गर्न सक्ने भएकोले तालिम जरुरी भएको उनको भनाई छ । 

३ दिने तालिमको पहिलो दिन बुधबार ग्रोमोर मर्चेन्ट बैंकका निमित्त कार्यकारी प्रमुख छत्र तिमल्सीनाले मर्चेन्ट बैंक र यसको काम कारबाहिका बारेमा प्रशिक्षण दिएका थिए । तालिमको दोस्रो दिन विहिबार नेपाल राष्ट्र बैँकका उपनिर्देशक विभु अर्यालले प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । तालिम ३ दिनसम्म चल्नेछ ।