Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

१५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद वितरण गर्दै कृषि विकास बैँक

२०७३ बैशाख १५ गते

krisi bankकृषि विकास बैंकले १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकको मंगलबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट बोनस र बोनस शेयर जारी भएपछि कायम हुने चुक्तापुँजीमा २ः१ अर्थात् ५० प्रतिशतका दरले हकप्रद दिने प्रस्ताव पारित गरेको हो । गत वर्ष बैंकले तीन अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकका करिब दुई लाख सेयरधनी छन् । 
 
यसका साथै, सरकारको अग्राधिकार सेयरमा बैंकले ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको भएको छ । बैंकमा सरकारको ६ अर्ब ४३ करोड ६८ लाख बराबरको अग्राधिकार सेयर छ । 

बैंकको चुक्ता पुँजी हाल तीन अर्ब ४२ करोड ४० लाख रुपैयाँ छ । सरकारको एक अर्ब ७४ करोड ६२ लाख ४० हजार (५१ प्रतिशत) तथा सर्वसाधारणको एक अर्ब ६७ करोड ७७ लाख ६० हजार (४९ प्रतिशत) सेयर रहेको छ । २०७२ फागुन मसान्तसम्ममा बैंकमा ८३ अर्व ४३ करोड रुपैयाँ निक्षेप पुगेको छ भने कर्जा तथा सापट ७५ अर्व ७१ करोड पुगेको छ ।