Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैकको खुद मुनाफा ३ अर्ब २२ करोड

२०७४ भाद्र ८ गते

नेपाल बैक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा ३ अर्ब २२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो बर्षको तुलनामा १२ प्रतिशतले वृद्धि गरी ३ अर्ब २२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । आर्थिक बर्ष २०७२/७३ मा बैंकले २ अर्ब ८८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैकले यस अवधिमा चुक्ता पूँजीमा २४ प्रतिशतले वृद्धि हासिल गरी ८ अर्ब ४ करोड पु¥याएको छ भने जगेडा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ पु¥याएको छ । बैकले ०७४ असारमा निक्षेप तर्फ करिव ५ प्रतिशतले वृद्धि हासिल गरी ९३ अर्ब ९४ करोड पु¥याएको छ  । त्यसै गरी कर्जा तर्फ १७ प्रतिशतले वृद्धि हासिल गरी ७४ अर्ब ३७ करोड पु¥याएको छ । 

बैकको कोष लागत १.९७ प्रतिशत, आधार दर ६.२९ प्रतिशत प्रति शेयर आम्दानी ४०.०३ र कुल कर्जामा भाखा नाघेको कर्जा अनुपात ३.१७ प्रतिशत रहेको छ । बैंकले देशका ५३ जिल्लामा १ सय ३३ शाखा कार्यालय र ८ एक्सटेन्सन काउन्टरको कार्य सञ्जाल मार्फत ग्राहकलाई सामान्यदेखि मोवाईल बैंकिङ, अनलाईन बैंकिङ लगायतका आधुनिक बंैकिङ सेवा उपलव्ध गराइरहेको छ ।