२०७४ भाद्र ४ गते

अर्बमाथि नाफा कमाउने बैंकको सूचिमा थपियो ‘एनसीसी बैंक’

अर्बमाथि नाफा गर्ने बैंकहरुको सूचिमा नेपाल क्रेडिट एण्ड कर्मश बैंक लिमिटेड पनि थपिएको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३२ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ८७ दशमलव ३० प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा एनसीसीले ७० करोड ७८ लाख रुपैयाँ नाफा कमाएको हो । 

चार अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ चुक्तापुँजी रहेको बैंकले निक्षेपमा ९३ दशमलव ६३ प्रतिशतको वृद्धि गरि ५८ अर्ब ७९ करोड रुपैयाँ संकलन गरेको छ । कर्जा लगानी ४८ अर्ब १६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । 

बैकको खुद ब्याज आम्दानी ४४ दशमलव ७८ प्रतिशतले बढेर एक अर्ब ७२ करोड २१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा १२ अर्ब २७ करोड रुपैयाँ रहेको छ । जसमध्ये, ८२ करोड १२ लाख ८३ हजार रुपैयाँ बैंकले प्रभिजनका राखेको छ । 

बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७१ पैसा, वैद्यानिक तरलता अनुपात २५ दशमलव १२ प्रतिशत, मूल्य आम्दानी अनुपात १३ दशमलव ५१ गुणा रहेको छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी वाषिर्क २८ दशमलव ३४ रुपैयाँ रहेको छ ।