Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बाढी पीडितहरुलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

२०७४ भाद्र २ गते

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको विभिन्न भागमा हालै गएको बाढीका पिडीतहरुलाई सहयोग गर्ने उद्देश्यले एघार लाख रुपैयाँको र्आिर्थक सहायता प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गर्ने निर्णय गरेको छ । 

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रकम संकलन गर्ने प्रयोजनका लागि यस बैंकमा ००१०००२५६२CA खाता खोली सकेको बताउँदै बैंकका कर्मचारीहरु, सम्पूर्ण स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्था, व्यवसायिक र्फम, एजेन्सी समेतलाई आफ्नो स्वेच्छाले उक्त खातामा रकम जम्मा गरि आर्थिक सहयोग गर्न अनुरोध गरेको छ ।

यस विपत घडिमा आफ्नो आफन्त गुमाएका पिडितहरु प्रति बैंकले समवेदना प्रकट गरेको छ । साथै बैंकले यस्ता सहयोगी कार्यहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने अठोट व्यक्त गरेको छ ।

यसअघि पनि बैंकले महाभूकम्पका पिडितहरुलाई आर्थिक सहयोग स्वरुप एक करोड रुपैयाँ सो कोषमा प्रदान गरेको थियो ।