Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बाढी पीडितलाई सहयोग गर्न ओम डेभलपमेन्ट बैंकले स्थापना गर्यो राहत कोष

२०७४ श्रावण ३१ गते

ओम डेभलपमेन्ट बैंक लिमिटेडले देशमा बाढी पीडितहरुलाई सहयोगार्थ पोखरा लेखनाथ महानगरपालिकासंग सहकार्य गरी बाढी पीडित राहत कोष स्थापना गरेको छ । बैंकले आफ्नो तर्फबाट एक लाख ५० हजार रुपैयाँ खातामा जम्मा गरी पोखरामा राहत कोष सञ्चालनमा ल्याएको हो ।

त्यसैगरी बैंकले चितवनमा पनि अर्काे एक लाख ५० हजार रुपैयाँ रकम जम्मा गरी राहत कोष खाता सञ्चालनमा ल्याएको छ । बाढी पीडितहरुलाई सहयोग गर्न इच्छुक ब्यक्ति तथा संघ संस्थाहरुले ओम डेभलपमेन्ट बैंक लि.को पोखरा र नारायगढमा खोलिएको राहत कोष खातामा सहयोग रकम गर्न सक्नेछन् ।

अहिले बैंकको तर्फबाट २ वटा खाताहरुमार्फत ३ लाख सहयोग गरिएको र बैंकका सञ्चालक समिति सदस्य, संस्थापक, ग्राहकहरु तथा कर्मचारीहरुबाट समेत यथाशक्य सहयोगको लागि आग्रह गरि सहयोग गरिने बैंकका  प्रमुख कार्यकारी अधिकारी बिश्व मोहन अधिकारीले जानकारी दिए । साथमा देशबासीलाई परेको बिपत्तिमा सक्दो सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।