२०७४ श्रावण ३० गते

कुमारी बैंकको नाफा घट्यो

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षमा ७० करोड तीन लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २.१९ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष कुमारीले ७१ करोड ६० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

चुक्ता पुँजी पाँच अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ रहेको कुमारीको जगेडा कोषमा भने २ अर्ब ११ करोड २४ लाख ६६ हजार रुपैयाँ छ । कुमारीले खुद ब्याज आम्दानीमा भने १०.३५५ ले बढोत्तरी गरेर एक अर्ब २९ करोड ७१ लाख ६५ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब १७ करोड ५४ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप रकम ३७ अर्बबाट बढाएर ५२ अर्ब ७ करोड १२ लाख ८२ हजार पुर्याएको कुमारीले कर्जामा ४५ अर्ब १९ करोड ५१ लाख ७१ हजार रुपैयाँँ लगानी गरेको छ ।

कुमारीले सम्भावित जोखिमका लागि २१ करोड २९ लाख ८५ हजार रुपैयाँ छुट्याएकोे छ भने २८ करोड २५ लाख ७८ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । कुमारी बैंकको कर्जा निक्षेप अनुपात ७८ प्रतिशत छ । यता बैंकको खराब कर्जामा थोरै वृद्धि भएको छ । अघिल्लो वर्ष १.१५५ रहेको कुमारीको खराब कर्जा यसपालि बढेर १.८६५ भएको छ । 

यसैगरी, कस्ट अफ फन्ड पनि ४.४१ प्रतिशतबाट बढेर ५.९३ प्रतिशत पुगेको छ । इक्विटीमा प्रतिफल १७.७५ प्रतिशतबाट घटेर ८.६७ प्रतिशतमा आएको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँँ ७१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ३७ पैसा छ ।