हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा दुई अर्ब १७ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा १२ दशमलव ४५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षमा जनताले एक अर्ब ९३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
६ अर्ब ४९ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैकले जगेडाकोषमा ५ अर्ब २७ करोड ४४ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा ५ दशमलव ७४ प्रतिशतले वृद्धि गरि ९२ अर्ब ८८ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ७७ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा १४ दशमलव ९२ प्रतिशतले वृद्धि हो । त्यस्तै खुद व्याज आम्दानी ९ दशमलव १० प्रतिशतले बढेर ३ अर्ब ७६ करोड ३४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ८ दशमलव ४४ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । बैंकले प्राभिजनमा ८१ करोड ७३ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा ९१ करोड ५२ लाख रुपैयाँ उठाएको छ ।
बैंक ९ज्द्यी० को प्रति शेयर आम्दानी ३३ दशमलव ५३ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २६ दशमलव ४३ गुणा, प्रति शेयर नेटवर्थ १ सय ८१ दशमलव २५ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ६४ प्रतिशत रहेको छ ।
निष्कृय कर्जातर्फ शुन्य दशमलव ३६ प्रतिशतले घटेर शुन्य दशमलव ८७ प्रतिशत पुगेको छ भने पूँजीकोष अनुपात १ दशमलव ३९ प्रतिशतले बढेर १२ दशमलव २३ प्रतिशत रहेको छ ।