Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तिनाउ विकास बैंकको १२ औँ शाखा भैरहवामा

२०७४ श्रावण २७ गते

बुटवलको हस्पिटललाइनमा केन्द्रीय कार्यालय रहेको तिनाउ विकास बैंक लिमिटेडले आफ्नो १२ औं शाखा सिद्धार्थनगर नगरपालिका वडा नं. ८, नारायणस्थान भैरहवामा स्थापना गरेको छ । २०७४ श्रावण २७ गते शुक्रवारका दिन नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका निर्देशक रेवति प्रसाद नेपालले एक समारोहका विच उक्त शाखा को समुद्घाटन गरे ।

प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठद्धारा संचालन गरिएको कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्र प्रसाद वझाले स्वागत मन्तब्य सहित बैंकको परिचय दिएका थिए । बैंकले ग्रामिण स्तरमा शाखाहरुको संजाल विस्तार गरि ११ वटा पु्र्याईसकेको र अव भैरहवा पनि अत्याधुनिक बैंकिङ्ग सहित सेवा प्रदान गर्न प्रतिवद्ध रेहेको अध्यक्ष वझाले बताए । पछिल्लो समयमा राम्रो प्रगति गरिरहेको र विकास बैंकहरुमा आप्mनो राम्रो स्थान बनाउन सफल तिनाउ विकास बैंकको यस ठाउँमा उपस्थिती स्वागत योग्य रहेको उनले बताए ।

यस संस्थाले गरेका सामाजिक उत्तरदायित्व प्रति राम्रो काम गरेको जानकारी गराउँदै अध्यक्ष वझाले उत्पादनशील क्षेत्रमा अझै लगानी वृद्धि गरी अगाडी बढ्नुपर्ने बताए । यस क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरु र व्यापारी तथा व्यापारिक संस्थाहरु नेपाल सरकार र राष्ट्र बैंकले जारी गरेका निर्देशनहरुलाई हातेमालो गरेर अगाडी बढ्नुपर्ने उनको धारणा भयो । 

हालसम्म झण्डै ४ अर्व निक्षेप संकलन गरी ३ अर्व २५ करोड कर्जा लगानी गरेको वैंकले गत आर्थिक वर्षमा १५ करोड १९ लाख संचालन मुनाफा आर्जन गरेको थियो । रुपन्देही, नवलपरासी र चितवन कार्यक्षेत्र कार्यक्षेत्र भएको बैंकले ग्राहकलाई एटिएम सेवा,रेमिटयान्स सेवा, लकर सुविधा, कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा, विहानी काउण्टर, मोवाईल बैंकिङ, नेपाल टेलिकमको पीएसटीएन, एडीएसएल, प्रिपेड तथा पोष्टपेड मोबाइलको बिल भुक्तानीजस्ता सेवा प्रदान गरिरहेकोे र सेयर लगानीकर्ताहरुको लागि आस्वा सेवा समेत निःशूल्क प्रदान गरिरहेको  छ ।