April 24th, 2016

यी व्यक्ति, जसले एउटा सिक्कालाई ४ लाखमा बेचे

coin 1भारतको आन्द्र प्रदेशमा सिक्काको स्टल राख्ने एक कारोबारी एक सिक्का बेचेर लखपति बनेका छन् । उनले आफूसँग भएको विन्टेज सिक्कालाई बेचेर लाखौँ कमाएका हुन् । आन्द्र प्रदेशमा रहँदै आएका बी चन्द्रशेखरले प्रतिसिक्का ३ लाख रुपैँयामा विक्रि गरेका हुन् । उनी बर्लुृड तेलुगु कन्फेरेन्स अगाडीको सडकको किनारामा यस्ता सिक्काहरुको स्टल राख्ने गर्दछन् । सोही कन्फेरेन्समा हुने प्रदर्शनीहरुको अवलोकन गर्न आएका मानिसहरुले उनको स्टलमा रहेका सिक्काहरु खरिद गर्ने गरेका छन् । एक सिक्काको लागि मानिसहरु सहजै लाखौँ रुपैँया दिन राजी हुन्छन् । 

के छ यस सिक्कामा ?
coinचन्द्रशेखरले ३ लाख रुपैँयामा बेच्ने गरेका सिक्काहरु सामान्य सिक्का नभएर ऐतिहासिक महत्व बोकेका सिक्काहरु हुन् । यो सिक्का सन् १९७३ मा मुम्बई मिन्टमा बनाइएको थियो । मुम्बई मिन्ट भारतको सबैभन्दा पूरानो मिन्टमध्येको एक हो । यसको आविष्कार अंग्रेजहरुले गरेका थिए । सो समयमा मुम्बई अंग्रेजहरुको आर्थिक गतिविधिका लागि केन्द्र थियो । सो समयमा मुम्बईमा बनाइएका सिक्काहरुमा हीराले धर्का बनाइएको हुन्थ्यो । चन्द्रशेखरले एक अंग्रेजी वेभसाइटका लागि दिएको अन्तर्वार्तामा भनेका थिए, उनीसँग सन् १७६५ मा बनाइएका सिक्कादेखि लिएर कयौँ ऐतिहासिक सिक्काहरु छन् । 

४ लाखमा बेचियो अर्को सिक्का
icचन्द्रशेखरले अर्को एक रुपैँयाको सिक्कालाई ४ लाख रुपैँयामा बेचेका थिए । जुन सिक्का सन् १९८५ को थियो  । सो सिक्कामा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको तस्वीर छापिएको थियो । सो सिक्का कलकत्ता मिन्टमा बनाइएको थियो । 

यसबाहेक दुई वटा ५० पैसाको सिक्कालाई उनले ७० हजार र ६० हजारमा विक्रि गरे । जुन सिक्का हैदरावाद मिन्टमा सन् १९०३ मा हैदरावादको निजामको निगरानीमा बनाइएको थियो । सन् १९५० मा भारत सरकारले यस मिन्टलाई आफ्नो अधिकारमा लिएको थियो । यो सिक्कामा अंकित मितीको तलपट्टि फुटेको हीरा देखिन्छ जुन हैदरावाद मिन्टको चिह्न हो । हैदरावाद मिन्टको सुरुवातमा तारा आकारको चिह्नको प्रयोग गरिन्थ्यो । पछि यसलाई परिवर्तन गरी हीराको आकार दिइयो । जसमध्ये कुनै सिक्काहरुमा फुटेको हीरा पनि देखिन्छ ।