सानिमा बैंक लिमिटेडले मुख्य कार्यालय नक्साल तथा देशै भरीका ४५ शाखाहरुबाट महिला ग्राहकहरुलाई बिषेश उपहार प्रदान गरेको छ । श्रावण महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई बिषेश उपहार दिँदै आएको छ । त्यसैअन्तरगत बैंकले यो उपहार प्रदान गरेको हो । सानिमा बंैकको यो योजना साउन महिना भरी चल्ने छ ।
प्रत्येक नारी बचत खाताबापत बैँकको तर्फबाट मासिक एक रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मागरि सामाजिक कार्यमा खर्च गरिने समेत बैंकले जनाएको छ । बैंकले ग्राहकहरुलाई बचत खातामा बार्षिक ६ देखि ८ प्रतिशतसम्मको मासिक भुक्तानी हुने गरी उच्चतम ब्याज उपलब्ध गराउँदै आएको छ ।
ग्राहकहरुको साथलाई ध्यानमा राखेर बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । साथै, सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।