Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंक र एनआईविएलबीच सम्झौता सम्पन्न

२०७४ असार २० गते

नेपाल बैंक लिमिटेडको  विभिन्न कम्पनीमा रहेको सेयरनिवेश गर्ने प्रयोजनार्थ  सेयरको उचित मुल्य निर्धारण निम्ति बैंक र एनआईविएल क्यापिटल मार्केट लिमिटेडबीच एक सम्झौता भएको छ । सो सम्झौताअनुसार एनआईविएलले नेपाल बैंकको नागरिक लगानी कोष र साना किसान बैैंकमा रहेको प्रवद्र्धक सेयर तथा डिप्रोक्स विकास बैकमा रहेको साधारण सेयरको उचित मुल्य निर्धारण गरी सोको प्रतिवेदन १३ दिनभित्र बैंकलाई पेश गर्नुपर्ने  छ ।  सोसम्बन्धी सम्झौतापत्रमा नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र एनआईविएल क्यापिटल मार्केट लिमिटेडका महाप्रवन्धक मेख बहादुर थापाले धर्मपथ काठमाडौँस्थित बैंकको प्रधान कार्यालयमा एक संक्षिप्त समारोहका बीच हस्ताक्षर गरे । सो अवसरमा नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दुर्गा नाथ रेग्मी, का.मु.नायव महाप्रवन्धक डिल्लिराम शर्मा, लेखा विभाग प्रमुख टेक बहादुर थापा,  एनआईविएलका नायव महाप्रवन्धक कविन्द्रध्वज जोशी, विजिनेस सपोर्टका प्रमुख सचिन्द्र जोशी लगायतका महानुभावको समुपस्थिति थियो । 

Ad