Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सर्लाहीको बलरामा

२०७४ असार १९ गते

सर्लाही जिल्लाको बलरा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको १७५ औं शाखा कार्यालय स्थापना गरिएको छ । उक्त शाखाको नेपाली कांग्रेसका नेता एवं सांसद डा.अमरेश कुमार सिंहले एक समारोहका बीच समुद्घाटन गरे ।

सो समारोहमा प्रमुख अतिथि सांसद अमरेश कुमार सिंहले बिकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताए ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैकका संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेले शहरी, ग्रामिण र दुर्गम सवै स्थानमा बैंकको सक्षम उपस्थितीले देशैभरि वित्तीय समावेशीताको माध्यमबाट वित्तीय पहुंच पुर्याउन सघाउ पुग्ने बताए ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले रावावैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक बिकासको लागि वित्तिय पहुंच विस्तार गरिने बताए ।

बैंकको बिरगंज क्षेत्रका प्रवन्धक मनोज बर्माको सभापतित्वमा सम्पन्न उक्त समारोहमा नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल, प्रहरी उपरीक्षक उत्तम राज सुवेदी, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक राजेश तण्डुकार, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको भव्य उपस्थिति रहेको थियो । ब्रान्च अपरेसन विभागका प्रमुख उद्धव प्रसाद खनालले कार्यक्रम संचालन गरेका थिए ।

       

Ad