Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकले मृतक ग्राहकको परिवारलाई दियो बीमा रकम

२०७४ असार ९ गते

मुक्तिनाथ बिकास बैंक लिमिटेडले आफ्नो निधन भएका ग्राहकको परिवारलाइ बीमा बापतको भुक्तानी रकम वितरण गरेको छ । कार्कीनेटा, पर्वत शाखाको लघुवित्त सेवामा ग्राहक रहि कारोबार गरिरहेकी मृतक ग्राहककै फलेबास नगरपालिका वडा नं. ३ पर्वत निबासी मृतक माया परियारलाई उनकै घरमा पुगेर बीमा रकम बितरण गरेको हो ।

उनले मुक्तिनाथ बिकास बैंक मार्फत २०७३ असोज महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनिमा आफ्नो जिबन बीमा गराएकी थिइन् । उनको ५५ बर्षको उमेरमा मृत्यु भएपछि निजको हकवाला छोरा मनबहादुर दर्जीलाइ नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको तर्फबाट मृत्युदावी भुक्तानी स्वरुप रु १००,००० बिमांक र बोनस रु ६५०० गरि जम्मा रु १०६,५०० रुपैया राहत स्थानिय र निजको आफन्तहरुको उपस्थितीमा बितरण गरिएको बैंकले जनाकारी दिएको छ । साथमा बैंकले भएको बैंकको तिर्न बाँकी रहेको कर्जा रु ६५,००० समेत मिनाहा गरिदिएको छ ।

Ad