April 17th, 2016

सम्पदा संरक्षणमा अग्रसर बन्दै एनएमवी बैंक

nitesएनएमबी बैंकले राष्ट्रिय सम्पदा दिवसको अवसर पारेर सम्पदा संरक्षण सम्बन्धि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले काठमाडौं र ललितपुरका साँस्कृतिक सम्पदाको हेरचाह, अध्ययन, पानीको धारा सुचारु र सरसफाई कार्यक्रम सम्पन्न गरेको एनएमवी बैंकका सिईओ उपेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार थापाथलीको गोरखनाथ मन्दिर, असन क्षेत्रका सम्पदाहरु र ललितपुरका सम्पदाहरुको उचित संरक्षण र सरसफाईका कार्यक्रम सम्पन्न गरेको हो ।

नेपालको साँस्कृतिक तथा ऐतिहासिक गरिमा बोकेका सम्पदाहरु बचाउको लागि एनएमवी बैंकले हरेक बर्ष विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएअनुसार यस वर्ष पनि बैँकमा कार्यरत कर्मचारीहरुलाई परिचालन गरेर अध्ययन अनुसन्धान र संरक्षणका कार्यक्रमहरु आयोजना गरिएको हो । सिईओ पौडेलका अनुसार बैंकले ५ बर्षदेखि नगरपालिका, पुरातत्व विभाग र स्थानीय टोल समितिहरुको सहभागितामा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

कर्पोरेट सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले आफ्नो भूमिका निभाएको कर्जा अधिकृत नितेश शर्माले जानकारी दिए । उनका अनुसार नयाँ पुस्तामा पूरानो सम्पदाहरुको बारेमा जनचेतना फैलाउनको लागि कार्यक्रमले उल्लेखनीय सहयोग पु¥याउँदै आएको छ ।