गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई दिने अभिमुखिकरण तालिम, समिक्षा र आर्थिक वर्ष २०७४।७५ को लागि बार्षिक कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाद्धारा उद्घाटन गरिएको कार्यक्रम होटल डे ब्रेक वेगनास, पोखरामा भएको हो । जेठ २६ गतेदेखि २७ गतेसम्म चलेको कार्यक्रममा हाल सञ्चालनमा आइसकेका ११ र यहि महिना संचालनको तयारीमा रहेको ४ वटा शाखाका सम्पुर्ण शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।
कार्याक्रममा आर्थिक वर्ष २०७३।०७४ को समिक्षा सँगै आगामी आर्थिक वर्ष २०७४।७५ को लागि बार्षिक कार्यक्रम तथा बजेट समेत तयार गरिएको संस्थाले जनाएको छ । साथमा नयाँ शाखा प्रबन्धकहरुका लागि अभिमुखिकरण तालिम समेत सम्पन्न गरेको बताइएको छ । उक्त दुई दिने कार्यक्रममा संस्थाका बरिष्ठ प्रबन्धक विष्णु प्रसाद ढकाल, लेखा वित्त तथा सुचना प्रविधि विभाग प्रमुख अनित जंग पाण्डे, कर्जा, योजना तथा अनुगमन विभाग प्रमुख प्रभुराज थापा र लेखा वित्त तथा सुचना प्रविधि विभागका विक्रम थपलियाले प्रशिक्षण दिएका थिए ।