Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जेब्रा क्रसिङ्ग मर्मतमा यती डेभलपमेन्ट बैंककोे सहयोग

२०७४ जेष्ठ २१ गते

यती डेभलपमेन्ट बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ तथा प्रहरी कार्यालय दरबारमार्गको समन्वयमा काठमाडौंको बिभिन्न नौ स्थानहरुमा जेब्राक्रसिङ्ग मर्मत गरिदिने भएको छ । बैंकले जेब्रा क्रसिङ्गहरुको रङ्ग रोगन गरी सर्वसाधारणलाई सजिलै जेब्राक्रसिङ्ग पहिचान गर्न सहयोग गर्ने उद्देश्यले उक्त सहयोग गर्न लागेको जानकारी दिएको छ । 

४३ प्रतिशत दुर्घटना सडक पेटी तथा जेब्रा क्रसिङ्गको प्रयोग नगर्दा हुने गरेको र योग्य नागरिकलाई गुमाउन परेको तथ्यको जानकारी दिँदैै महानगरीय ट्राफिक प्रहरी महाशाखाका नायब प्रहरी महानिरीक्षक मिङ्गमार लामाले सडक दुर्घटना न्यूनिकरण गर्ने अभियानको शुरुवात गरेको बताए । त्यस्तै ट्राफिक प्रहरीको यस अभियानलाई सहयोग गर्दै यती डेभलपमेन्ट बैंकले पैदल यात्रुहरुलाई बाटो काट्न सहज बनाईदिने अभिप्रायले  जेब्रा क्रसिङ्गहरुको रङ्ग रोगन तथा मर्मत गरिदिने जस्तो प्रशंसनीय कार्य गरेकोमा खुशी ब्यक्त गर्दै नायब प्रहरी महानिरीक्षक मिङ्गमार लामाले बैंकलाई धन्यवाद समेत दिए । 

Ad