फेवा विकास बैंकले आ.वं २०७१/७२ को प्रतिवेदन सार्वजनिक गरेको छ । आठौं वार्षिकसाधारणसभाको अवसर पारेर बैँकले सो प्रतिवेदन सार्वजनिक गरेको हो ।
यसैबिच बैंकले आर्थिक वर्ष २०७१/७२ सम्मको संचित मुनाफावाट चुक्तापूंजीको २१.९० प्रतिशत वोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ भने चूक्तापूँजीको ३० प्रतिशत (१०ः३ को अनुपात) हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस शेयर वितरण पश्चात् बैंकको कुल चूक्तापूजी रु ९९ करोड ५० लाख पुगेको छ ।
सभाले आगामी चार वर्षको लागी आठजना संचालकहरु निर्वाचित गरेको छ । जसमा संस्थापक शेयरधनीहरुको तर्फवाट विन्दु कुमार थापा, रामभक्त रञ्जित, जगन बहादुर गुरुङ, सुशिल गौचन र अमर बहादुर के.सी हुनुहुन्छ भने सर्वसाधारण शेयरधनीहरुको तर्फवाट नारायणबहादुर वानिया, रविन्द्र माकाजु र संजिव वानिँया रहेका छन् ।
०७२ आषाढ २८ गते देखि विश्व विकास वैक लि. र फेवाफाइनान्स लि. एक आपसमा मर्ज भइ फेवाविकास वैकको रुपमा कारोवार गर्दै आएको छ ।