April 14th, 2016

राष्ट्रिय वाणिज्य बैँकमा कर्मचारी अभाव हुने संकेत

rastriya banijya bankपूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैँकमा कर्मचारी अभाव हुने देखिएको छ । करिब ६ हजारबाट २५ सयमा ओर्लिएको कर्मचारी संख्यामा आगामी ३ वर्षमा थप १५ सय कर्मचारी कटौति हुने भएपछि अभाव हुने देखिएको हो । हाल बैँकमा कार्यरत २५ सय २२ जना कर्मचारीमध्ये १ सय २३ जना करारमा रहेका छन् ।
 
हाल अदालतमा मुद्धा परेका कारण कर्मचारी भर्ना गर्ने अवस्था नरहेकाले एकैपटक ठूलो संख्यामा कर्मचारी भर्ती हुने सम्भावना रहेको छ । बैंक व्यवस्थापनले करिव २५ सय कर्मचारी आवश्यक हुने बताउँदै आएको छ । समयमा नै सञ्चालक, व्यवस्थापन र सर्वोच्च अदालतले कर्मचारीको विषयमा निर्णय नगरेमा बैँकका धेरै शाखाहरु बन्द हुने अवस्थामा समेत पुग्न सक्ने बताइएको छ । 

विश्व बैंकको ऋण तथा अनुदानमा २०५८ सालदेखि राष्ट्रिय बाणिज्य बैंकसहित नेपाल बैंकमा वित्तीय सुधार कार्यक्रम लागु गरिएको थियो । त्यही बेलादेखि स्वेच्छिक अवकास योजना लागू गरेर कर्मचारी कटौति सुरु भएको हो । कर्मचारीको संख्या कम भएपछि केही वर्षयता भने बैंकले स्वेच्छिक अवकास योजना हटाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]