Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

भुकम्पपिडितका लागि घर अनुदान वितरणमा सक्षमको सहयोग

२०७३ बैशाख १ गते

IMG_20160412_131443दोलाखाको सिँगटी नजिकैका गाविस लामिडाँडा र लादुखमा स्थायी घर अनुदान वितरण सुरु गरिएको छ । स्थानीय पिडितले तीन चरणमा दिने भनिएको अनुदानको पहिलो किस्ताको रकम लिन सुरु गरेका हुन् ।

IMG_20160412_110458नेपाल इन्भेष्टमेन्ट बैँक र राष्ट्रिय वाणिज्य बैँकले आफ्ना शाखासहित बैँकिङ सेवामार्फत अनुदान वितरणमा राष्ट्रिय पुनर्निर्माण प्राधीकरण र स्थानीय सरकारी कार्यालयहरुलाई सहयोग पुर्याइरहेका छन् । यी बैँकहरुलाई वित्तिय यूकेएड फन्डेड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले सहयोग गरिरहेको छ । शाखारहित बैँकिङका कारण आफूलाई पायक पर्ने स्थानबाट अनुदान लिन सहज भएको स्थानीयहरु बताउँछन् ।  

IMG_20160412_104645अस्थायी टहरामा बस्न थालेको झण्डै एक वर्षमा स्थायी घर पाउने भएपछि स्थानीयले सन्तोषको सास फेरेका छन् । वर्षात् सुरु हुनु अगावै स्थायी घर बन्ने भएपछि उनीहरु उत्साहित बनेका छन् ।