April 12th, 2016

नेपाल इन्भेष्टमेन्ट बैँकको शेयर बाँडफाँड

investment bankनेपाल इन्भेष्टमेन्ट बैंकले साना लगानीकर्तालाई न्यूनतम दश कित्ता सेयर प्रदान गरेको छ । बैंकले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी एफपिओ सेयरमा लगानीकर्तालाई माग गरिएको सङ्ख्याको ३२.५ प्रतिशत र ठूला लगानीकर्तालाई ८.५ प्रतिशतका दरले बाँडफाँड गरिएको जानकारी दियो ।  

नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु आठ अर्ब चुक्ता पुँजी पु¥याउन गरेको निर्देशनअनुसार बैंकले साधारण लगानीकर्तालाई एफपिओमार्फत लगानी गर्न आग्रह गरेको थियो । बैंककाअनुसार दश र २० कित्ता माग गर्नेलाई गोला प्रथाबाट १० कित्ता सेयर प्रदान गरेको छ भने ३० देखि ८० कित्ता आवेदन गर्नेलाई ३२.५ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको छ । 

त्यस्तै ९० देखि १८० सम्म आवेदन गर्नेलाई पनि १० कित्ता र १९० देखि दुई लाख कित्तासम्म आवेदन गर्नेलाई पनि ८।५ प्रतिशतका दरले मात्रै सेयर बाँडफाँड गरिएको छ । 

एफपिओमा एक लाख ६१ हजार १२० जनाले आवेदन दिएका थिए । त्यसमा ५६ हजार ५४२ जनाले भने रु ५० हजार भन्दा बढी रकमको सेयर माग गरेका थिए । अधिकतम दुई लाख कित्ता सेयर माग गर्ने २४ आवेदकलाई भने १७ हजार ३२ कित्ता सेयर प्रदान गरिएको छ । 

आवेदन परेको ४६औँं दिनमा सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नागरिक लगानी कोषका निर्देशक रामकृष्ण पोखरेलले जानकारी दिए ।