सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्स एकआपसमा गाभिने भएका छन् । सेन्ट्रल फाइनान्सका अध्यक्ष संजोजमान श्रेष्ठ र भक्तपुर फाइनान्सका चैत्यराज शाक्यले आपसमा गाभिने सम्झौतामा हस्ताक्षर गरेपछि दुई फाइनान्स एक हुन लागेका हुन् ।
दुवै कम्पनीले सैद्धान्तिक सहमतिका लागि राष्ट्र बैंकमा निवेदन दिएको जनाएका छन् । नेपाल राष्ट्र बैंकले फाइनान्स कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेपछि दुवै संस्था गाभिन लागेका हुन् ।
सेन्ट्रलको पुँजी २४ करोड ६५ लाख रुपैयाँ र भक्तपुरको २१ करोड १० लाख रुपैयाँ छ । मर्जरपछि चुक्त पुँजी ४५ करोड ७६ लाख पुग्ने विज्ञप्तिमार्फत जनाईएको छ ।