Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आइसिएफसी फाइनान्समा नयाँ सञ्चालक समिति

२०७३ बैशाख १ गते

icfcआइसिएफसी फाइनान्स लिमिटेडमा सर्वसाधारणको तर्फबाट नयाँ सञ्चालक चुनिएको छ । फाइनान्सको मंगलबार बसेको १२ औँ बार्षिक साधारण सभाले सञ्चालक समितिमा सर्वसाधारणका तर्फबाट विपीनकुमार रेग्मी, अच्यूतराज आचार्य र केशवप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । 

फाइनान्सको आर्थिक वर्ष २०७१/७२ मा निक्षेप संकलन चार अर्ब ३१ करोड र कर्जा प्रवाह तीन अर्ब ६५ करोड रुपैयाँ रहेको फाइनान्सले जारी गरेको विज्ञप्तिमा जनाईएको छ । उक्त अवधिमा फाइनान्सले ब्याज आम्दानी १८ करोड ६० लाख रुपैयाँ गरेको छ । चैत २९ गते सोमबारसम्म संस्थाले निक्षेप पाँच अर्ब ९० करोड र कर्जा पाँच अर्ब ५० करोड रुपैयाँ पु¥याएको जनाएको छ । उक्त फाइनान्सका ११ वटा शाखा कार्यालय, त्रिशूली बजारमा एक एक्टेन्सन काउन्टर र नौवटा एटिएम छन् ।