गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको रुपा गाउँपालीका –६, खोलाको छेउमा आफ्नो एघारौं शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन मंगलबार संस्थाका संचालक समितिका अध्यक्ष युवराज भण्डारीले गरे ।
हाल सम्म १० वटा शाखा कार्यालय मार्फत २३०० घरपरिवारलाई सेवा पुर्याएको यस वित्तीय संस्थाले यस अवधिमा रु. १० करोड ५२ लाख ऋण लगानी गरी रु. ८४ लाख बचत संकलन गरेको छ । छिटै थप चार वटा शाखा कार्यालयहरु संचालनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।
गणपति माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट ०७३ कात्तिक ३० गते ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त संस्था हो । संस्थाको केन्द्रीय कार्यालय शुक्लागण्डकी न.पा.,–३, दुलेगौंडा, तनहुँमा रहेको छ ।