Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

काँक्रेविहार विकास बैंकको नाफा ९२ प्रतिशतले बढ्यो

२०७४ बैशाख २४ गते

काँक्रेविहार विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५४ लाख २९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२ दशमलव ३८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा काँक्रेविहारले २८ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

सात करोड २४ लाख ६० हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा एक करोड ४१ लाख ३१ हजार  रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा पाँच दशमलव १९ प्रतिशतले वृद्धि गरि ८० करोड ८७ लाख ३७ रुपैयाँ संकलन गरेको छ भने कर्जामा ३१ दशमलव ३९ प्रतिशत बढाएर ५९ करोड ३२ लाख ८० हजार रुपैयाँ लगानी गरेको छ । 

काँक्रेविहार विकास बैंकको खुद व्याज आम्दानी एक सय २१ दशमलव ५६ प्रतिशतले बढेर दुई करोड ९० लाख ४९ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६० दशमलव ४१ प्रतिशतले बढेर २६ लाख १० रुपैयाँ पुगेको छ । यो अवधिमा ५९ लाख २२ हजार रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा एक करोड ५३ लाख रुपैयाँ राखेको छ ।

बैंकको पुँजीकोष शून्य दशमलव ०७ प्रतिशतले घटेर १३ दशमलव २८ प्रतिशत कायम भएको छ भने ०.२४ प्रतिशतबाट बढेर एक दशमलव ६२ प्रतिशत पुगेको छ । चैत्र मसान्तसम्ममा काँक्रेविहार विकास बैंकको प्रतिसेयर आम्दानी सात दशमलव ९४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५८ दशमलव छ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १९ दशमलव ५० रुपैयाँ र तरलता अनुपात ३९ दशमलव ०८ प्रतिशत रहेको छ ।

Ad