एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एक्सेलले छ करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
३८ करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १९ करोड ७७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २९ दशमलव १२ प्रतिशत वृद्धि गरी चार अर्ब २२ करोड १० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा तीन अर्ब ७५ करोड ८८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६६ दशमलव ९० प्रतिशतले बढेर २३ करोड २८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९८ दशमलव ७९ प्रतिशतले बढेर १६ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा एक करोड ६३ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा दुई करोड ९७ लाख रुपैयाँ राखेको छ । चैत्र मसान्तसम्मा बैंकको प्रतिसेयर आम्दानी वार्षिक ४० दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १५ दशमलव २८ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ५१ दशमलव ४२ रुपैयाँ र तरलता अनुपात २५ दशमलव १६ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा १ दशमलव ०४ प्रतिशत रहेको छ भने पुँजीकोषको आनाुापत १२ दशमलव ७५ प्रतिशत रहेको छ ।