गण्डकी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० दशमलव ३२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा गण्डकीले आठ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
६४ करोड ३९ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा २३ करोड ८५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १५ दशमलव २७ प्रतिशतले वृद्धि गरी छ अर्ब तीन करोड ९६ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २४ दशमलव ९५ प्रतिशत बढाएर पाँच अर्ब २६ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४४ दशमलव ९४ प्रतिशतले बढेर २५ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४९ दशमलव ६२ प्रतिशतले बढेर १९ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा ८० लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २ करोड १० लाख रुपैयाँ राखेको छ । बैंकको पुँजीकोष १३ दशमलव ९९ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव २७ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक २७ दशमलव ७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ३७ दशमलव ०४ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ७४ गुणा रहेको छ ।