Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी बैंकले नौ महिनामा कमायो झन्डै ५७ करोड रुपैयाँ मुनाफा

२०७४ बैशाख २१ गते

लक्ष्मी बैंक लिमिटेडले चालु अर्थिक वर्षको तेस्रो त्रैमासमा ५६ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ३१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा लक्ष्मीले ४४ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

तीन अर्ब १५ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा चार अर्ब  ३२ करोड ९८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३१ दशमलव २९ प्रतिशतले वृद्धि गरी ५७ अर्ब ८० करोड ११ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ३५ दशमलव ५३ प्रतिशतले वृद्धि गरी ५० अर्ब २१ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १६ दशमलव ९४  प्रतिशतले बढेर एक अर्ब १७ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १९ दशमलव ६७ प्रतिशतले बढेर ७३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । बैंकले प्राभिजनमा २७ करोड ६३ लाख रुपैयाँ राखेको छ ।

चैत्र मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २४ दशमलव ०२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ९८ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय ३७ दशमलव ०६ रुपैयाँ र तरलता अनुपात २० दशमलव ०९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५१ प्रतिशतले बढेर एक दशमलव ७९ प्रतिशत पुगेको छ भने पुँजीकोष शुन्य दशमलव ६३ प्रतिशतले बढेर ११ दशमलव ०४ प्रतिशत पुगेको छ ।

Ad