चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ६४ लाख ३७ हजार दुई सय १० रुपैयाँ नोक्सानी व्यहोरेको छ । त्यस्तै, संस्थाले २७ लाख ८४ हजार तीन सय १० रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने सञ्चालन ६५ लाख दुई हजार आठ सय २० रुपैयाँ नोक्सानमा रहेको छ । सात करोड रुपैयाँ चुक्तापुँजी भएको माइक्रोफाइनान्सले ६३ लाख तीन हजार नौ सय २० रुपैयाँ निक्षेप संकलन गरी सात करोड २६ लाख ४६ हजार छ सय ९० रुपैयाँ कर्जा लगानी गरेको छ ।
