Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ज्योति विकास बैंकको मुनाफा १३४ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो छ ?

२०७४ बैशाख १९ गते

ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा १९ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय ३४ दशमलव १४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा तिनाउले तीन करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

एक अर्ब १० करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ३४ करोड रुपैयाँ राखेको छ । निक्षेपमा २४ दशलमव ८७ प्रतिशतले वृद्धि गरी नौ अर्ब ३५ करोड २५ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ४० दबमलव ४५ प्रतिशत बढाएर आठ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ । 

यो अवधिमा तिनाउको खुद व्याज आम्दानी ५० दशमलव २१ प्रतिशतले बढेर ३५ करोड ६१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा एक सय ५४ दशमलव ८३ प्रतिशत वृद्धि भई २३ करोड ७४ लाख रुपैयाँ पुगेको छ । तीन करोड ४९ लाख रुपैयाँ खरब कर्जा उठाएको बैंकको प्रोभिजनमा दुई करोड ४१ लाख रुपैयाँ राखिएको छ ।

बैंकको निष्कृय कर्जा दुई दशमलव ४१ प्रतिशतले घटेर शुन्य दशमलव ९९ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव ५८ प्रतिशतले बढेर १५ दशमलव ८६ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक २३ दशमलव ३१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव ३३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३० दशमलव ८६ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ०५ प्रतिशत रहेको छ ।

Ad