Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ओम डेभलपमेन्टको शाखा उद्घाटन को अवशरमा छात्रवृत्ति घोषणा

२०७४ बैशाख १७ गते

अर्जुन ज्ञवाली/बैकिङ खबर
राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंक लिमिटेडले एक समारोहका बिच आफ्नो बुटवल शाखाको औपचारिक समुद्घाटन गरेकोछ । बुटवल पुष्पलालपार्क स्थित शाखाको उद्द्घाटन नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालयका निर्देशक रेवतीप्रसाद नेपाल तथा ब्रहमाकुमारी बिश्वबिद्धालय पश्चिमान्चलकी सहनिर्देशक ब्रहमाकुमारी कमला दिदीले संयुक्त रुपमा गरे । 
बैंकले उद्घाटन समारोहमा लुम्बिनी बाणिज्य क्याम्पसमा पढ्ने एकजना अति बिपन्न विद्यार्थीको पठनपाठनको लागि प्रत्येक बर्ष क्याम्पसले सिफारिस गरेको बिधार्थीलाइ प्रदान गर्नेगरी छात्रवृत्ति घोषणा गरेर सो क्याम्पसका क्याम्पस प्रमुख डा. ईश्वर गौतमलाई हस्तान्तरण गरेका थियो। 

त्यस्तै बैंकले बुटवलमा लामो समय देखि रिक्सा चलाउदै आउनुभएका करिब एक दर्जन महिला रिक्साचालकलाइ उनिहरुले गरेको कार्यप्रती सम्मानार्थ मायाको चिनो सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो ।

समारोहमा बोल्दै राष्ट्र बैंकका निर्देशन रेवतीप्रसाद नेपालले राजधानी पछि बुटवल बैंकीङ्ग हवको रुपमा विकास भएको औल्यादै बुटवल क्षेत्रमा बैंकको बिकास तिब्र रूपमा भएकोले यो क्षेत्रको आर्थिक विकासको लागि महत्वपुर्ण भुमीका खेल्ने बताउनुभयो । विकास बैकहरु बलीया, बिश्वासनीय हुदै अत्याधुनीक सेवा सहित सरल सहज र छिटोछरितो वित्तिय सेवाहरु प्रदान गर्न सक्षम भएकाले आममानिसहरु आक्रर्षित हुदै गएको उल्लेख गरे । “ निर्धकसँग कारोवार गर्नुहोस, भएको पैसा बैंकमा बचत गर्नुहोस, आवश्यक परेको रकम बैंकबाट लैजानुहोस”,उनले घरजग्गा रियलस्टेटमा आफ्नो लगानीलाई नियन्त्रण गरि बैंकहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्न निर्देशन दिए ।

डेभलपमेन्ट बैन्कर्स एसोसिएसनका उपाध्यक्ष समेत रहनुभएका साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले विकास बैंकहरु आमजनतासग, गाउगाउमा गएर आफ्नो सेवा दिइरहेको हुदा  अझै थप सशक्त, सुदृढ र बलियो भएर अगाडि बढ्नुपर्नेमा जोढ दिए । उनले आमजनतालाइ बैकीङ्ग पहुचमा ल्यान डभलपमेन्ट बैंकले महत्वपुर्ण भुमीका खेलेको बताए । “अप्ठारो र असहज परिस्थीतीमा पनि विकाश बैंकहरुले आफ्नो सेवालाइ कुनै कमि गरेनन, आमजनताको आवश्यकता पुर्तिको लागि विकास बैंकहरुले आफुहरुलाइ प्रमाणित गरेकाछन ।” पौडेलले भने । विकास बैंकहरु थप शसक्त र विश्वशनिय भइ नेपाल राष्ट्र बैंकको नितीनियम र्निदेशन मान्दै अगाडी बढेकाले निर्धक्क भएर डेभलपमेन्ट बैंकमा कारोवार गर्न सबैलाइ आग्रह गरे ।
त्यसैगरी ब्रहमाकुमारी बिश्वबिद्धालय पश्चिमान्चलकी सहनिर्देशक ब्रहमाकुमारी कमला दिदीले ओम बैंक नाम जस्तै पवित्र रहेकोले सदैव सबै नेपाली जनताको सहारा बनेको उल्लेख गदै बुटवलमा ओम डेभलपमेन्ट बैंकले सरल, सहज र समय मै सबैको लागि  बैकिंङ्ग सेवा दिने विश्वास ब्यक्त गरे ।
बैंक अध्यक्ष सुशील कुमार गोसेलीले ओम डेभलपमेन्ट बैंकले अत्याधुनिक सेवा सहित बुटवलमा कारोबार शुरु गरेको जानकारी दिदै ग्राहकमुखी कार्यक्रमलाई आफुहरुले जोड दिएको उल्लेख गरे ।
प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बुटवलका जनताको सेवा गर्न बुटवल आएको बताउदै यहाका उद्दोगी ब्यावासायी तथा आम जनताको साथमा रहेर काम गर्ने बताए ।
त्यस्तै बुटवल शाखाका प्रवन्धक अर्जुन ज्ञवालीले ओम डेभलपमेन्ट बैंकले बुटवलमा रहेर जनताको सेवक भएर काम गर्ने बताउदैै आमबुटवलवासिको अपारमाया पाउनेमा आफुहरु ढुक्क रहेको विश्वास ब्यक्त गदै उनलेले भने ”एटिम, मोवाइल बैंकिङ्ग, रेमिटान्स लगायतमा सबै अत्याधुनिक सुविधाका साथ आफुहरु बुटवल नगरीका उपस्थिती भएकोले बैंकबाट लाभ लिन सबैसँग विषेश आग्रह गर्दछु ।”
उद्घाटन समारोह बैंकका अध्यक्ष सुशील कुमार गोसलीको अध्यक्षता, प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीको स्वागत तथा  ओम डेभलपमेन्ट बैंक  बुटवलका प्रबन्धक अर्जुन ज्ञवालीको सन्चालनमा  सम्पन्न भएकोथियो ।

Ad