Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पोखरा फाइनान्सले कमायो सात करोड मुनाफा

२०७४ बैशाख ९ गते

पोखरा फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सात करोड दुई लाख ७२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन करोड ४४ लाख ७३ हजार रुपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा पोखराले तीन करोड ५७ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

५५ करोड ७४ लाख २० हजार रुपैयाँ चुक्तापुँजी भएको कम्पनीको सञ्चालन मुनाफा ९६ प्रतिशतले बढेर ११ करोड चार लाख २७ हजार रुप्ैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको खुद व्याज आम्दानी ५९ प्रतिशतले बढेर १४ करोड २३ लाख २७ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीले १४ करोड २२ लाख ४४ हजार रुपैयाँ व्याज खर्च गरेको छ । यो अवधिमा फाइनान्सले तीन अर्ब ४२ करोड ९४ लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २७ करोड ७८ लाख एक हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

जगेडा कोषमा १९ करोड ८६ लाख ९९ हजार रुपैयाँ जम्मा गरेको कम्पनीको कम्पनीको स्थिर सम्पत्ति १४ करोड ८९ लाख ९७ हजार रुपैयाँ र अन्य सम्पत्ति २३ करोड ९८ लाख ३२ हजार रुपैयाँ पुगेको छ । निष्कृय कर्जा एक दशमलव ४७ प्रतिशत रहेको कम्पनीले यो त्रैमासमा ९५ लाख ७७ हजार सम्भावित जोखिमका लागि छुट्याएको छ । तेस्रो त्रैमाससम्मका पोखरा फाइनान्सको प्रतिसेयर आम्दानी वार्षिक १६ दशमलव ८४ रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय ३५ रुपैयाँ ६५ पैसा रहेको छ । 

Ad