ज्योति विकास बैंकद्वारा धर्मुस–सुन्तली फाउण्डेसनलाई १ लाख सहयोग

एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि ज्योति विकास बैंक लि. बर्दिबास, महोत्तरी शाखाले धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख रुपैंया सहयोग प्रदान गरेको छ । मंगलबार महोत्तरीकै बर्दिबासमा निर्माण भएको मुसहर बस्तीमा बर्दिबास शाखाका शाखा प्रबन्धक श्री मोहन राज गिरी सहित बैंकका कर्मचारीहरुवाट फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ लाई सहयोग रकम रु. एक लाख बराबरको चेक हस्तान्तरण गरिएको गरेको हो । समाजिक उत्तरदायित्य अन्र्तगत बैंकले मुसहर बस्ती निर्माणका लागि सहयोग प्रदान गरेकोे जनाएको छ ।