April 7th, 2016

सेयर अभौतिकीकरणबारे सम्झौता 

nb insuranceएनबी इन्सुरेन्स कम्पनी लिमिटेड र सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सेयर अभौतिकीकरण गर्न सम्झौता गरेका छन् । सम्झौतापछि एनबी इन्सुरेन्सको सेयर अभौतिकीकरण हुनेछ । सम्झौतापत्रमा इन्सुरेन्सका तर्फबाट काय मुकायम प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सीडीएस एन्ड किल्यरिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले हस्ताक्षर गरे । कार्यक्रममा सेयर रजिस्टारका तर्फबाट ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाले हस्ताक्षर गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]