Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

टुरिजम डेभलपमेन्ट बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

२०७३ चैत्र १० गते

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले बुधबार बैंकको मुख्य शाखा, ठमेलमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थापनाको साताँै बर्ष पुरा गरी आठौं बर्ष प्रवेश गरेको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

रक्तसञ्चार केन्द्रमा देखिएको रगत अभावलाई ध्यानमा राखेर थोरै भएपनि सहयोग पुग्ने विश्वासका साथ उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । ‘रक्तदान ! जीवनदान !!’  भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य, बैंक ब्यवस्थापन समिति, कर्मचारी, ग्राहक, शुभचिन्तक तथा समाजका विभिन्न क्षेत्रका महानुभावहरुको उत्साहजनक सहभागिता थियो । 

स्थापनाको सात वर्ष पुरा गरेको यस बैंकको कुल शाखा संख्या २९, एक्स्टेन्सन काउन्टर १ तथा एटिएम् संख्या १३ पुगेको छ । बैंकले १ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Ad