April 6th, 2016

स्टान्डर्ड चार्टर्ड बन्यो नेपालमा डिजिटल सर्टिफिकेट प्रयोग गर्ने पहिलो बैँक

standard charterdस्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड र नेपाल सर्टिफाइङ्ग कम्पनी(एनसीसी) बीच डिजिटल सिग्नेचर प्रदान गर्नेे सम्झौतामा हस्ताक्षर भएसँगै स्ट्याण्डर्ड चार्टर्ड बैँक नेपालमा डिजिटल सिग्नेचर तथा सर्टि्फिकेट (डिएससी) प्रयोग गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट बाणिज्य बैंकिङ्ग एवं अंतर्रा्ष्ट्रिय ग्राहक प्रमुख गोरख राणाले र एनसीसीका तर्फबाट अध्यक्ष विप्लव मान सिंहले हस्ताक्षर गरेका हुन् । 

स्टाण्डर्ड चार्टर्ड नेपालले डिएससीलाई ग्राहकहरुबाट कागजातको आधिकारिकता प्राप्त गर्नका निम्ति विभिन्न चरणमा कार्यान्वयन गर्ने जनाएको छ । यसको कार्यान्वयन विभिन्न कानुनी प्रावधानहरुमा निर्भर गर्नेछ ।
 
यस सम्झौताले स्ट्याण्डर्ड चार्टर्डलाई ग्राहक अनुभवमा सुधार ल्याउँदै आफ्नो अभौतिकीकरणको एजेन्डा तर्पm अभैm नजिक लैजाने छ । डिजिटल सिग्नेचर तथा सर्टि्फिकेटको उपलब्धता तथा प्रयोगले बैंकलाई ग्राहक मार्पmत सम्बन्धित कागजात विद्युतीय प्रणालीमै प्राप्त गर्ने र स्वीकृत गर्ने अवसर प्रदान गर्ने र जोखिम घटाउने अपेक्षा बैंकको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]