April 4th, 2016

सीटी डेभलपमेन्ट बैँक र ओम फाइनान्सको एकीकृत कारोबार सुरु

om cityसिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स मर्ज भइ बनेको ओम डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । सोमबार साविकको ओम फाइनान्सका अध्यक्ष सुशील गोशली र सिटी डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रकुमार बाटाजुले एकीकृत कारोबार कार्यक्रमको उद्घाटन गरेका हुन् । 

मर्जपछि बनेको संस्थाको चुक्ता पुँजी एक अर्ब पाँच करोड रुपैयाँ पुगेको छ भने २६ शाखाबाट वित्तीय कारोबार गर्नेछ । मर्जपछि बनेको ओम डेभलपमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्ष सुशील गोशली रहनेछन् । यस्तै प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी रहनेछन् । सञ्चालक समतिमा सिटीबाट विशेषज्ञसमेत गरी पाँचजना र ओमबाट चारजना रहने निश्चित भएको छ ।