Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

सीटी डेभलपमेन्ट बैँक र ओम फाइनान्सको एकीकृत कारोबार सुरु

२०७२ चैत्र २२ गते

om cityसिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स मर्ज भइ बनेको ओम डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । सोमबार साविकको ओम फाइनान्सका अध्यक्ष सुशील गोशली र सिटी डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रकुमार बाटाजुले एकीकृत कारोबार कार्यक्रमको उद्घाटन गरेका हुन् । 

मर्जपछि बनेको संस्थाको चुक्ता पुँजी एक अर्ब पाँच करोड रुपैयाँ पुगेको छ भने २६ शाखाबाट वित्तीय कारोबार गर्नेछ । मर्जपछि बनेको ओम डेभलपमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्ष सुशील गोशली रहनेछन् । यस्तै प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी रहनेछन् । सञ्चालक समतिमा सिटीबाट विशेषज्ञसमेत गरी पाँचजना र ओमबाट चारजना रहने निश्चित भएको छ ।