Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकले ल्यायो नयाँ कर्जा योजना, यस्ता छन् सुविधाहरु 

२०७३ फाल्गुन ११ गते

नेपाल बैंक लिमिटेडले सरकारका निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षक एवम् अर्ध सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको छ । बैंकले यसै महिनादेखि लागू हुने गरी ‘एनबिएल प्रोफेसनल घर कर्जा’ तथा ‘एनबिएल प्रोफेसनल गाडी कर्जा’ योजना कार्यान्वनमा ल्याएको छ । जनसम्पर्क अधिकृत सूर्यमान राजभण्डारीले बैंकले अगाडि बढाएको दुबै कर्जाको वार्षिक ब्याज दर ७ प्रतिशत, सेवा शुल्क ०.५० प्रतिशत र दुई वर्ष पश्चात् कर्जा चुक्ता गर्न चाहेमा अतिरिक्त शुल्क नलाग्ने तथा कर्जा रकम भुक्तानी प्रक्रिया समान मासिक किस्तामा आधारित गरिएको जानकारी दिए ।

घर कर्जाको अवधि दुई वर्षदेखि २० वर्षसम्म तथा कर्जा रकम न्यूनतम रु १० लाख वा सो भन्दामाथि आवश्यकता अनुसार प्रदान गरिने नीति बैैकले लिएको छ । गाडी कर्जाको अवधि दुई वर्षदेखि ७ वर्षसम्म तथा न्यूनतम रु १० लाखदेखि अधिकतम रु एक करोडसम्म निजी प्रयोगको लागि सवारी साधन खरिद गर्न कर्जा प्रदान गरिनेछ । रासस