Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकको इटहरी शाखाको नवनिर्मित भवनको उद्घाटन सम्पन्न

२०७३ फाल्गुन ९ गते

हिमालयन बैंक लिमिटेडको नवनिर्मित इटहरी शाखा कार्यालय भवनको उद्घाटन गरिएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले मंगलबार एक समारोहका बीच उक्त भवनको उद्घाटन गरेका हुन् । 

सोही अवसरमा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले इटहरीमा बैंकको आफ्नै शाखा कार्यालय भवनको समुद्घाटन गर्न पाउँदा आफूलाई खुशी लागेको र यो सम्पूर्ण सरोकारवालाहरुको लागि पनि खुशीको विषय भएको बताए । अध्यक्ष श्रेष्ठले सो अवसरमा बैंकको गतिविधिको बारेमा समेत जानकारी दिए । साथै उनले समग्र राष्ट्रिय आर्थिक विकासमा आफ्नो सहभागिता बढाउँदै लैजान र स्थानीय स्तरमा आर्थिक उत्थानमा सहयोग पुर्याउँदै जान बैंकले विभिन्न सेवा सुविधाको बिस्तारका साथै शाखा विस्तारको कार्यक्रमलाई गति दिँदै जाने बताए । 

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर ज.ब.रा.ले स्वागत मन्तब्य राखेका थिए । समुद्घाटन समारोहमा इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष लीलम बस्नेत, इटहरी इलाका प्रहरी कार्यालय प्रमुख नरेश सुवेदी लगायत स्थानीय व्यापारीहरु, बुद्घिजीवीहरु, लब्धप्रतिष्ठित व्यक्तिहरु, पत्रकार, बैंक संचालक समितिका सदस्यहरु, बैंकका वरिष्ठ पदाधिकारीहरु तथा कर्मचारीहरुको पनि उपस्थिति थियो ।