आइतबार गरिएको नेपाल राष्ट्र बैंक ऋणपत्र खरिद बोलकबोलमा एउटा बैंकले मात्रै बोलपत्र पेश गरेको छ । राष्ट्र बैंकले १० अर्बको ऋणपत्र विक्री गर्न खोजेकोमा एउटा बैंकले एक करोडको मात्रै बोलपत्र पेश गरेको राष्ट्र बैंकले जनाएको छ । यससँगै, बैंकिङ प्रणालीमा तरलता संकट नरहेको पुष्टि भएको छ ।


