२०७३ फाल्गुन ६ गते

पोखराको लेकसाइडमा ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा 

ओम डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेकसाईडमा शाखा बिस्तार गरेको छ । २०७३ फाल्गुन ६ गते शुक्रबार नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा बैंक तथा वित्तीय संस्था नियमन विभाग कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट शाखाको उद्घाटन गरिएको हो । बैंकले हाल ३१ वटा शाखाहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गरिराखेको छ ।

शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधीहरु जानकारी गराउँदै मनास्लु विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको र मर्जरपछि खोल्ने प्रक्रियामा रहेको शाखा सहित ४२ वटा शाखा कार्यालय हुने जानकारी दिए ।

बैंकले आर्थिक बर्ष २०७३ पौष मसान्तसम्म १२ अर्ब ९९ करोड निक्षेप संकलन, ११ अर्ब ३४ करोड कर्जा लगानी गरि २९ करोड ८९ लाख सञ्चालन मुनाफा गरेको छ ।