Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बुम रेमिटमार्फत पठाएको पैसाको भुक्तानी महाकाली विकास बैंकबाट लिन सकिने

२०७३ फाल्गुन ६ गते

कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा प्रधान कार्यालय रहेको महाकाली बिकास बैंक लिमिटेड काठमाडौँको कालिमाटीमा रहेको बुम रेमिट्यान्स प्रा.लि.बिच रेमिट्यान्स सम्झौता भएको छ । यी दुई संस्थाबीच विहीबार (फागुन ५ गते)देखि लागू हुने गरी बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम माहाकाली बिकास बैंक का सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमीट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा महाकाली बिकास बैंकका तर्फबाट प्रमुख कार्येकारी अधिकृत बिदुर मान सिंह बस्नेत र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे । 

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४१५० वटा भन्दा बढि प्रतिनीधीहरु छन् । आन्तरिक सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति लिएको छ । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै हङकङ, मलेसिया, कोरीया, जापान, क्यानडा, अष्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

प्रबन्ध निर्देशक धिरेन्द्र पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमिटले हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम समेत गर्दै आएको पन्तले बताए । “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने पन्तको तर्क छ ।