Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कालिका माइक्रोक्रेडिटको मुनाफा एक करोड ३९ लाख रुपैयाँ पुग्यो

२०७३ माघ २९ गते

कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ दशमलव ८६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कालिकाले एक करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

पाँच करोड रुपैयाँ चुक्ता पुँजी रहेको कालिका माईक्रोक्रेडिटले निक्षेपमा ४९ दशमलव ९५ प्रतिशतले वृद्धि गरी २५ करोड ५८ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ कम्पनीले ३६ दशमलव ७१ प्रतिशतले वृद्धि गरी ५३ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी २८ दशमलव ०४ प्रतिशतले बढेर तीन करोड ३८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १८ दशमलव ९२ प्रतिशतले बढेर दुई करोड चार लाख रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जा एक दशमलव ७० प्रतिशत र जोखिमयुक्त सम्पत्ति २४ दशमलव १८ प्रतिशत रहेको कालिकाले जगेडाकोषमा ७ करोड ५४ लाख रुपैयाँ राखेको छ भने प्रोभिजनमा ४५ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ५५ दशमलव ९८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २९ दशमलव ४५ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय ५० दशमलव ९२ रुपैयाँ र तरलता अनुपात १३ दशमलव ४२ प्रतिशत रहेको छ ।